Posts

Showing posts from November, 2019

Upper Mustang Tour Nepal

Image
टिरिङ्ग टिरिङ्गsssssटिरिङ्गटिरिङ्ग sssssटिरिङ्गssss....फाेनकाे धण्टिले भर्खरै मात्र एक अापसमा लठ्ठालिरिएकाे मेराे परेलाहरूलाइ झस्काइदियाे । झस्केका परेलाहरूलाइ पख पख भनेर म अावाजकाे बाटाे पच्छाउदै माेवाइलकाे बाटाे तिर हातलाइ लम्काए, अर्धचेतनाकाे सुषुप्ति अवस्थामामै हलाेssss भने, फाेन गर्ने राजेन्द्र दाजु हुनुहुदाेरहेछ वहाले लाै छिटाे है,अब तयार हुनु नी भन्दै मलाइ जागा गराउनु भयाे, अनि मैले पनि हस दाजु म उठे अब भन्दै फाेन राखिदिए,फाेन राख्दै गर्दा यसाे समय हेरेकाे त विहानकाे 2ः49 मात्र पाे भएकाे रैछ ।अाsss यि बुढाहरूलाइ के हत्तार भएकाे भनेर म काेल्टे फर्केर सुते किनकि हामि विहान ५ बजे जाने भन्ने सल्लाह थियाे अधिल्लाे दिन। सबै सामान पहिलेनै तयार गरिसकेकाेले तयार हुनलाइ पनि त्यति समय नलाग्ने त्यहि भएर म सुते । टिरिङ्ग टिरिङ्गsssssटिरिङ्गटिरिङ्ग sssssटिरिङ्गssss....फाेनकाे धण्टिले फेरि मलाइ बिउझाइदियाे धण्टि बज्दा बज्दै समय हेरेकाे त विहानकाे 4ः15 पाे भएछ । ल दाजु म अाए भनेर हत्तपत्त उठे अनि धर्मराजलाइ फाेन गरे उ पनि अाइसकेकाे रैछ , लाै जा भन्दै यसाे वार्दलिबाट बाटाेमा हेरकाे त सबै